Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


बाढी र असमझदारीका कारण पक्कीपुल सञ्चालनमा ढिलाइ


0
Shares

उदयपुर, जेठ १५ । सुनसरीको धरान–चतरादेखि उदयपुरको बेल्टार–गाईघाट हुँदै सिन्धुली–हेटौंडासम्मको सडक खण्डमा पर्ने पक्कीपुल सञ्चालनमा ढिलाई भएको छ ।

कतै जिल्ला विकास समितिसँगको असमझदारी त कतै बाढी पहिरोका कारण पुल सञ्चालनमा ढिलाई हुँदा सर्वसाधारणलाई मर्का परेको छ ।

यो सडक खण्डमा पर्ने बरुवा खोलामा ६ महिनाअघि नै पुल निर्माणको सम्पन्न भए पनि जिल्ला विकास समिति उदयपुरले ढुंगा, गिटी, बालुवा निकासीमा रोक लगाएकाले सञ्चालनमा आएको छैन ।

त्यस्तै यही सडकखण्डको भरैली खोलामा २०७२ मंसिरमा सम्पन्न हुनुपर्ने ५७ मिटर लामो पुलको २८ मिटरको स्पान ढलाईका लागी तयार पारिए पनि लगातारको वर्षातले आएको बाढीका कारण सेटिङ बगाउँदा निर्माण कार्य नै अवरोध भएको छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्षय राखिएको धरान–चतरा, बेल्टार–गाईघाट–कटारी, सिन्धुली–हेटौंडा सडकखण्डको निर्माण पक्षले ध्यान नदिँदा प्रगति सुस्त भएको हो ।