८ असार २०८२, आइतबार | Mon Jun 23 2025


जंगली च्याउ खाएर मर्नेको संख्या ९ पुग्यो, ८ जना अझै बिरामी


0
Shares

जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, जेठ २० । पाँचथरमा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

पाँचथर थर्पु–६ का धनबहादुर मावोका ५ वर्षीय छोरा प्रशान्त मावोको विहीबार मृत्यु भएपछि सो संख्या ९ पुगेको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकाक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार रातिमात्रै फिदिम–३ जैसी डाँडाका १४ वर्षीय निसेश राईको पनि मृत्यु भएको थियो ।

जंगली च्याउ खाएका अझै आठजनाको पूर्वका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गत जेठ १० गतेदेखि हालसम्ममा पाँचथरका विभिन्न स्थानमा जंगली च्याउ खाएकामध्ये ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।