८ असार २०८२, आइतबार | Mon Jun 23 2025


ट्याक्टर खस्दा दुईजनाको मृत्यु


0
Shares

पर्वत, जेठ २० । दक्षिणी पर्वतको त्रिवेणी गाविस वडा नम्बर–९ हुलाकेटोलमा विहीबार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पर्वतकै हुवास गाविसको हातेमालो चोकबाट अर्थुन बजार जाँदै गरेको ग१त १८२९ नम्बरको ट्याक्टर सडकबाट पाँच मिटर तल खस्दा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वत उरामपोखरा–५ का ट्याक्टर चालक वीरबहादुर नेपाली र स्याङ्जा विर्घाका सुरज विक रहेका छन् ।

दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । कच्ची सडकमा बढी ढुंगा लोड गरेका कारण ट्याक्टरले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।