काठमाडौं, जेठ २१ । व्यवस्थापिका संसदको नयाँ नियमावलीको टुंगो बजेट भाषणपछि भन्दै पन्छाइए पनि त्यसलाई अगाडी सार्ने विषयमा संसद मौन रहेको छ ।
सरकारले १५ जेठमा सरकारको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक बजेट सार्वजनिक गरी छलफल समेत भइसकेको छ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले बजेटमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
अर्थमन्त्रीले जवाफ दिएपछि अर्को बैठक बोलाइ शुक्रबार नै नियमावलीको टुंगो लगाउने चर्चा चलेको थियो । शुक्रबारको संसद बैठकमा नै नियमावलीको विषयलाई प्रवेश गराउने उद्देश्यले सभामुखले पहल गरे पनि दलबीच कुरा नमिलेपछि त्यो विषय प्रवेश नहुने भएको हो ।
तर अब सीधै बजेटका विनियोजन शीर्षकमाथिको छलफल गर्ने गरी संसद बैठक बोलाउनेतर्फ विषय मोडिदैं गएको छ । त्यसका लागि शुक्रबार अर्थमन्त्रीले जवाफ दिएपछि अर्को बैठक १ असारमा बोलाइने लगभग पक्कापक्की भएको छ । –राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्