२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


तस्वीर दुरुपयोग गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ


0
Shares

मेलम्ची, वैशाख २४ । फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं ‘साइबर क्राइम’अन्तर्गत् पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्र र सरकार प्रमुखका तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

अभियुक्त चौलागाईंलाई मंगलबारै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ । रासस