काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शमौ ओलीले सरकार परिवर्तनको विषयमा कुनै सम्झौता नभएको दोहोर्याएका छन् ।
सार्वजनिक संस्थान कर्मचारी संगठनको नवौं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको विषयमा कुनै सहमति नभएको भन्दै त्यस्तो सहमति भएको कागज कसैसँग भए देखाउन चुनौती दिए ।
आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल र माधव नेपालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘सरकारको लोकप्रियताका कारण मेरैले कुरा बुझ्न छाडिसके अरुले के ?’ भनेर प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले आफ्नै कार्यकालमा महासागरहरुमा पानीजहाज चल्ने योजना फेरि सुनाए ।
कर्मचारी ट्रेड युनियनको निर्वाचनमा एमाले समर्थित ट्रेड युनियनले अत्याधिक बहुमत ल्याएको भन्दै अबको निर्वाचनहरुमा एमालेको मत त्योभन्दा बढी आउने दाबी गरे ।
उनले आफ्नो सरकार ढाल्ने प्रयास भइरहे पनि त्यो सम्भव नभएको भन्दै त्यस बाटोमा नलाग्न सचेत गराए ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्