२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


यातायात कार्यालयका लेखापाल अधिकारीविरुद्ध मुद्दाः ५ करोड १० लाख बढी सम्पत्ति अकुत !


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीमा कार्यरत लेखापाल सुरेश अधिकारी बिरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लेखापाल अधिकारीले ५ करोड १० लाख ३३ हजार रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

२०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा नियुक्ति लिएका अधिकारी २०६७ चैत २० गते देखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय, इटहरीमा लेखापाल पदमा कार्यरत थिए । त्यति बेला पनि उनी निलम्बनमा परेका थिए ।

जागिर खाएको ६ बर्षमै ८८ लाख ३४ हजार रुपैयाँ अवैध आम्दानी गरेको ठहर अख्तियारको छ ।

अधिकारीका चार वटा श्रीमती रहेको र उनीहरु तथा अन्य आफन्तहरुको नाममा सम्पति राखेको पनि अख्तियारले दाबी गरेको छ ।

श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ अधिकारी¸ सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ अधिकारी, सासू पुष्पकुमारी निरौला र मामा बलराम शर्माको नाममा सम्पत्ति राखेको अख्तियारले जनाएको छ ।

उनको चलअचल सम्पत्ति ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अवैध सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।