
काठमाडौं, जेठ २४ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय एक घण्टाले घटाएको छ । मंगलबारदेखि लागू हुने गरी प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो ।
यसअघि प्राधिकरणले दैनिक १० घण्टा लोडसेडिङ गर्दै आएकोमा अब ९ घण्टा मात्र हुने भएको छ । नदीमा जलप्रवाहको क्रम बढेका कारण लोडसेडिङको समयमा केही कटौती गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हाल दैनिक ७ सय मेगावाट विद्युत् आपूर्ति गर्दै आएको छ भने १ हजार ३ सय ५० मेगावाट माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्