
काठमाडौं, जेठ २४ । वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएको छ । काठमाडौंको ग्रान्डि अस्पतालमा उपचारका गराइरहेका गुरुङको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।
नेपालको राष्ट्रिय गानसँगै धेरै गीतमा संगीत र स्वर भरेका गुरुङलाई हेर्न आज प्रधानसेनापति राजेन्द्र क्षेत्री अस्पताल पुगेका थिए । उनको स्वास्थ्यअवस्थाबारे जानकारी लिन विभिन्न क्षेत्रका व्यक्तिहरु पनि अस्पताल पुग्ने क्रम जारी छ ।
हामीसँग कुरा गर्दै गुरुङका छोरा केशव गुरुङले उनको अवस्था गम्भीर रहेको जानकारी दिए । आइतबार रातिदेखि उनको स्वास्थ्य झन् बिग्रिएको चिकित्सकहरुले बताएका छन् ।
श्वास प्रश्वासमा समस्या, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले पीडित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत छन् ।
भारतको मेदान्त अस्पतालमा खाने नलीको उपचारका लागि दुई महिना बिताएर फर्कनुभएका उनी घरमै आराम गरिरहेकै अवस्थामा गत सोमबार राति अचानक उल्टि गरेपछि अस्पतालमा भर्ना भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्