२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


यही संविधान प्रयोग गरेरै हिन्दूराज्य ल्याउँछौं : थापा


0
Shares

झापा, जेठ २४ । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरेर हिन्दूराज्य स्थापना गराउने पार्टीको लक्ष्य रहेको बताएका छन् ।

सोमबार बिर्तामोडमा अपराह्न आयोजित ‘हिन्दूत्व जागरण सभा’लाई सम्बोधन गर्दै उनले ‘संविधानका प्रावधान परिवर्तन गर्न संविधान बाधक छैन, हामी यही संविधान प्रयोग गरेरै हिन्दूराज्य ल्याउँछौं’–भने ।

राप्रपा नेपाल झापाले आयोजना गरेको कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जातीय एकता र धार्मिक सहिष्णुताका लागि हिन्दूराज्यको आवश्यकता औंल्याएका थिए । रासस

फाइल फोटो