
काठमाडौं । कतारको दोहाबाट काठमाडौ आएको नेपाल एयरलाइन्सको विमानमार्फत अवैध रुपमा सुन ल्याउने ब्यक्तिलाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सिरहा निवासी धर्मेन्द्रकुमार यादवलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
धमेन्द्रले ल्याएको सुन बुझिलिने नेपाल एयरलाइन्सका प्राविधि सिरहाकै रन्जित यादवलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
धर्मेन्द्रले ६ हजार रुपैंयाँको लोभमा भरिया बनेर ३० तोला सुन ल्याई रन्जितलाई दिएका थिए । उनीहरुका बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने २ जना व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराका प्रमोदकुमार पनुहर र रौतहटका रामविश्वास चौधरी रहेका छन् ।
उनीहरुले जुनसुकै मोटरसाइकल खोल्न मिल्ने औचार बनाइ मोटरसाइकल चोरी गर्दै आएको खुलासा भएको छ ।
प्रतिक्रिया दिनुहोस्