
दाङ, जेठ २५ । रोल्पा–दाङ सिमाना नजिकै टिप्पर पल्टिँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दाङको सोनापुर सिमेन्टका लागि रोल्पा दुविडाँडा नयाँगाउँबाट कच्चा पदार्थ लिएर आउँदै गरेको रा १ ख ९२७ नम्वरको टिप्पर दाङ सैघाको पेदा भन्ने ठाउँमा सोमबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा टिप्परका चालक सल्यान माल्टा–९ का २७ वर्षीय तिलक बहादुर घर्ति, सैघा २ दाङका १८ वर्षीय अजय नेपाली र सहचालक सल्यान शिद्धेश्वरी–९ का अन्दाजी २५ वर्षीय जित बहादुर थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा सैघा–२ का १९ वर्षीय खिमवहादुर सार्की गम्भीर घाइते भएका छन । उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्