९ असार २०८२, सोमबार | Tue Jun 24 2025


बाग्मती, विष्णुमतीलगायतका नदी छेउछाउमा बगैंचा, साइकलमार्ग, आरामस्थल बनाइने


0
Shares

काठमाडौं, जेठ २५ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले केही वर्षभित्रै काठमाडौं उपत्यकामा बग्ने विभिन्न खोला तथा नदीहरुलाई सफा, स्वच्छ र हराभरा बनाउने विशेष अभियान अघि बढाउने जनाएको छ ।

समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपत्यकाका बाग्मती, विष्णुमतीलगायतका आधादर्जन नदीका छेउछाउमा बगैंचा, साइकलमार्ग, आरामस्थल र विभन्नि संरचनाहरु निर्माण गर्ने बताएको हो ।

समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले काठमाडौंका नदीहरुलाई स्वच्छ, सफा बनाउने अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

योजनालाई मूर्तरुप दिन अहिले नदीभित्र ढल निर्माण, छेउछाउमा बाटो निर्माण, नदीको धार परिवर्तन गर्ने तथा ढल प्रशोधनलगायतका काम द्रुतगतिमा भैरहेको सिंहले बताए ।

अहिले सुन्दरीजलदेखि गोकर्णसम्मको ८ दशमलव ५ किलोमिटर क्षेत्रमा बाग्मतीको धार परिवर्तनको काम अघि बढेको र करिब ४० किलोमिटर ढल बनाउने काम पनि भैरहेको उनले जानकारी दिए ।

नदी किनारका जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउने विषय भने चुनौतीपूर्ण बनेको समितिका अध्यक्ष किशोरकुमार शाक्यले बताए ।