९ असार २०८२, सोमबार | Tue Jun 24 2025


चीनको विश्वविद्यालयमा नेपाली विद्यार्थी उत्कृष्ट


0
Shares

काठमाडौं, जेठ २५ । चीनको साउथइस्ट युनिभर्सिटी (सेउ) को ११४औं स्थापना दिवसका अवसरमा पहिलोपटक नेपाली विद्यार्थी डा. तेज्सु सिंह मल्ललाई ‘आउट स्ट्यान्डिङ स्टुडेन्ट’ अवार्ड प्रदान गरिएको छ ।

करिब ३२ हजार विद्यार्थी रहेको उक्त युनिभर्सिटीमा नेपाली विद्यार्थी उत्कृष्ट भएका हुन् ।

सोमबार आयोजित कार्यक्रममा उनलाई उक्त अवार्डबाट सम्मान गरिएको थियो । उक्त युनिभर्सिटीमा १०० मुलुकका करिब दुई हजार विद्यार्थी अध्ययनरत् छन् ।

उनी युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी सद्भावनादूतका साथै अन्तर्राष्ट्रिय सन्चार शाखाका सदस्यसमेत हुन् ।

डा. मल्ल अहिले स्नातकोत्तर तहमा नेत्र विज्ञान विषय अध्ययनरत् छन् ।

मल्लका आमा चिकित्सक सुशीला मल्लले छोराले पाएको अवार्डले अन्य नेपाली विद्यार्थीलाईसमेत प्रेरणा दिने बताइन् ।

उक्त अवार्ड पढाइकासाथै अन्य अतिरिक्त क्रियाकलापमासमेत उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गरिन्छ । रासस