९ असार २०८२, सोमबार | Tue Jun 24 2025


बेलायती दुई उच्च अधिकारी काठमाडौंमा


0
Shares

काठमाडौं, जेठ २६ । बेलायतका दुई उच्च अधिकारी नेपालको चारदिने औपचारिक भ्रमणमा मंगलबार काठमाडौं आएका छन् ।

बेलायती विदेश मन्त्रालयका पर्मानेन्ट अन्डर सेक्रेटरी सर साइमन म्याकडोनाल्ड र बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्रालयका पर्मानेन्ट सेक्रेटरी मार्क लोकक काठमाडौं आएका हुन् । बेलायती अधिकारीले मंगलबारै अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारमा भेट गरेका छन् ।

बेलायतले डीएफआईडीमार्फत नेपाललाई २०१८ देखि २०२१ सम्म उपलव्ध गराउने विकास सहयोगसम्बन्धी कार्ययोजनामा नेपालका प्राथमिकताका बारेमा बेलायती अधिकारीले मन्त्री पौडेलसँग जिज्ञासा राखेको अर्थ मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले बताए ।

लगानी बोर्डको सुदृढीकरणका लागि सहयोग गर्न बेलायत तयार रहेको बेलाती अधिकारीहरुले बताए । मन्त्री पौडेलले नयाँ संविधान जारी भएसँगै नेपाल आर्थिक विकासको मार्गमा अघि बढेको र बेलायतको सहयोग महत्वपूर्ण हुने बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट