
काठमाडौं, जेठ २६ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका बेलायतका विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्डबीच बुधबार भेटवार्ता भएको छ ।
भेटवार्तामा बेलायत र नेपालको द्धीपक्षीय सम्बन्धका विविधपक्षमा छलफल भएको थियो ।
भेटमा नेपालको आर्थिक विकासमा बेलायतले पुर्याउने सहयोगको विषयमा पनि छलफल भएको थियो ।
भेटमा नेपालको पछिल्लो राजनीतक अवस्थाबारे पनि छलफल भएको जनाइएको छ ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताहरुका लागि नेपालमा उचित र सुरक्षित वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीका विदेश मामिलासम्बन्धी सल्लाहकार गोपाल खनालले जानकारी दिए ।
भेटवार्ताको अवसरमा बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग डीएफआइडीका सचिव मार्क लौकक पनि सहभागी थिए ।
नेपाल–बेलायत कूटनीतिक सम्बन्ध कायम भएको दुुई सय वर्षगाँठको अवसरमा सचिव म्याकडोनाल्ड नेपाल आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्