२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


काठमाडौ जिल्ला बारमा चुनावः थपलिया र रावल बिच कडा टक्कर


0
Shares

काठमाडौ, जेठ, २६ । काठमाडौ जिल्ला अदालत बार एसोसिएसमा चुनावी  चटारोले छोपेको छ । आगामी जेठ २९ गते शनिबार हुन गइरहेको निर्वाचनका लागि तीनवटा प्यानल मैदानमा उत्रिएका छन् । कानुन व्यवसायीहरु काठमाडौ बार नेतृत्वमा आ–आफ्ना पक्षका उम्मेदवारलाई जिताउने कसरतमा लागेका छन् ।

करिब २ हजार ४ सय ४४ मतदाता रहेको काठमाडौ बार चुनावमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डि.एल.एनेपाल) काठमाडौबाट  अधिवक्ता लक्ष्मण थपलियाको नेतृत्वको समूहले आफ्नो प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएको छ ।

२०६९ जेठ ६ गतेको निर्वाचनद्धारा कृष्णप्रसाद पनेरुको अध्यक्षतामा गठित काठमाडौ डि.एल.ए.को कार्यसमितिले काठमाडौ जिल्ला अदालत बार एसोसिएसनको कार्यसमितिको निर्वाचनको  लागि उम्मेदवार छनोट समिति गठन गरेको थियो ।

सो समितिले सिफारिस गरेको डि.एल.ए.का आधिकारिक उम्मेदवार थपलिया प्यानल भएको दाबी गरिएको छ । काठमाडौं जिल्लामा विगतदेखि नै लोकतन्त्रवादीबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा  कानुन व्यवसायीमा चुनावी दौडधुप बढेको छ । चुनावी प्रतिस्पर्धाका लागि  अधिवक्ता लक्ष्मण थपलियाको प्यानल र अधिवक्ता तेजबहादुर रावल दुवैले छुट्टा छुट्टै प्यानल सार्वजनिक गरिसकेका छन् । दुवै समूहको चुनावी रणनीति र नाराहरु प्रति कानुन व्यवसायीहरु प्रभावित देखिएका छन् । तर आधिकारिक प्यानलले बाजी मार्न सक्ने आंकलन मतदाताहरुले गर्न थालेका छन् । दुवै प्यानल आफूलाई आधिकारिक भएको दावी गरिरहेका छन् ।

को को भिड्दै छन?

लोकतन्त्रवादीहरु बिच हुने चुनावी प्रतिस्पर्धामा तीन समुह देखिए पनि  अधिवतmा लक्ष्मण थपलियाको प्यानल र  अधिवक्ता तेजबहादुर रावल बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

विगत २३ बर्ष देखि  कानुन व्यवसायीको रुपमा काम गर्दै आएका थपलिया काठमाडौ बारको सदस्य र सचिवको जिम्मेवारी समेत पुरा गरिसकेका कारण आफू बलियो उम्मेद्वार भएको दावी गरेका छन् ।

कानुन व्यवसायी माझ लोकप्रिय मानिएका थपलिया प्रतिद्धन्द्धी रावल र रमेशराज सिग्देल भन्दा केही अनुभवी र नेतृत्व क्षमतामा अब्बल मानिन्छन् । यता रावल समूहले पृथक नाराहरु तय गरेर जित्ने दावी गरेको छ ।

थपलियाको नेतृत्वमा पदाधिकारी तर्फ उपाध्यक्ष अधिवक्ता मदन रेग्मी , सचिव अधिवक्ता छविरमण निरौला, सहसचिव अधिवक्ता रञ्जिता कार्की र कोषाध्यक्ष अधिवक्ता जगन्नाथ श्रेष्ठ रहेका छन् ।

यस्तै महिला दुई सदस्यतर्फ क्रमश अधिवक्ता प्रमिला कायस्थ र हिरामाया अवाल छन् । त्यस्तै सदस्यहरुमा खुल्ला तर्फ अधिवक्ताहरु हरिहर शिलवाल, रामचन्द्र ओझा, धुव्रराज शर्मा, गोकुल भण्डारी, पुष्पराज पाण्डेय, अमर बहादुर बस्नेत, गंगा प्रसाई, दिव्यराज घिमिरे, जयराम श्रेष्ठ , माधव दुलाल, कुन्दन कुमार झा र गंगाराम खनाल रहेका छन् ।

रावल समुह

यस्तै रावल समूहको उपाध्यक्षमा अधिबक्ता नारायण प्रसाई, सचिबमा अधिबक्ता रामचन्द्र कार्की, सहसचिबमा अधिबक्ता लक्ष्मी थापा खड्का र सञ्जीवकुमार लामा छन् । महिला दुई सदस्यमा अप्सरा ढकाल र राधिका लामिछाने उम्मेदवार बनेका छन् ।

सदस्य पदका लागि भरतराज उपाध्याय, कमलराज अधिकारी, जयन्तीकुमारी ढकाल, उज्ज्वलराम श्रेष्ठ, गणेश न्यौपाने, बद्रीविक्रम थापा, जगदीश आचार्य, पुरुषोत्तम अधिकारी, रामपुकार महतो, शंकर भट्टराई, रामचन्द्र पौडेल र रुपेश लामा छन् ।