
काठमाडौं, जेठ २६ । सडक बिस्तारका लागि दैनिक चार घण्टा आवागमन बन्द भइरहेको नारायणघाट मुग्लिन सडकखण्डमा अब आवागमन नरोकिने भएको छ ।
असार १ गतेबाट नारायणघाट मुग्लिन सडकखण्डमा दुइतर्फी यातायात संचालन हुने आयोजनाले जनाएको छ ।
गत माघ २८ गतेदेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरी सडक बिस्तार गर्ने गरेकोमा बर्षात सुरु भएपछि सडक बिस्तारको काम स्थगित गरिएकोले आवागमनमा कुनै रोक नलगाईने भएको हो । नारायणघाट मुग्लिन सडक हुँदै दैनिक ७ हजार भन्दा वढी सवारीसाधन ओहोरदोहोर गर्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्