९ असार २०८२, सोमबार | Tue Jun 24 2025


उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत, सिन्धु उप्रेतीले १६ लाख पाउने


0
Shares

काठमाडौं, जेठ २६ । मन्त्रीपरिषदले उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण स्वीकृत गरेको छ । उपराष्ट्रपति पुनले आगामी जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्र पुनको चीन भ्रमण स्वीकृत गरेको हो । बैठकले विज्ञान प्रविधी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाई मन्त्रालयमा र सिंचाई मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।

त्यसैगरी बैठकले नेपाल स्वास्थ्य सेवामा ११ औं तहको अधिकृत स्तरमा भोगेनद्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्र महतोलाई बढुवा गरेको छ ।

बैठकले थाइल्याण्डमा उपचाररत् जनआन्दोलन २०६२–६३ का घाईते झापा भद्रपुरकी सिन्धु उप्रेतीलाई १६ लाख ५६ हजार रुपैया उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

बैठकले सम्पति शुद्धिकरण नियमावली २०७३ लाई छलफलका लागि मन्त्रीपरिषद् विधेयक समितिमा पठाउने निर्णय पनि गरेको छ ।