Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


महङ्गीको मारमा सर्वसाधारण,नियन्त्रण प्रयास भएन्


0
Shares

काठमाडौं, जेठ २६ । मुलुकले नयाँ संविधान पाएपछि देशमा आर्थिक क्रियाकलाप बढ्दै रोजगारी बढ्ने अपेक्षा विपरित वेरोजगारीको संख्या बढ्दो छ ।

वेरोजगारीका अलावा दिनप्रति दिन बढ्दो महङ्गीले आम सर्वसाधारण थप मर्कामा परेका छन् । गत बर्षको भूकम्प र भारतीय नाकाबन्दी पश्चात दैनिक उपभोग्य बस्तुमा कालाबजारीयाहरुले गरेको मूल्यबृद्धिको मारमा जनता महिनौसम्म पीडित रहे ।

हाल अवस्था सामान्य बनेपनि मूल्यबृद्धिको चाप बढ्दै जाँदा दैनिकी गुजारा चलाउन धौ धौ भएको सर्वसाधारणको गुनासो छ । भूकम्प र नाकाबन्दी पछि बढेको महङ्गी नियन्त्रणतर्फ सरकारले पटक्कै ध्यान नदिएको सर्वसाधारणको गुनासो छ ।

सर्वसाधारणले बजार भाउ नियन्त्रण गर्ने तर्फ प्रभावकारी रुपमा लाग्न सरकारलाई आग्रह गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा मूल्यबृद्धि साढे ७ प्रतिशतमा नियन्त्रण गर्ने भनेपनि बजार महङ्गी भने यो भन्दा उच्च छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मूल्यबृद्धि ९ दशमलब ७ प्रतिशत छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य धेरै बढेको देखिन्छ । दलहन तथा गेडागुडीको मूल्य करिब २७ प्रतिशत बराबरले बढेको छ भने मसलाको मूल्य करिब १६ प्रतिशतले भएको छ । लत्ता कपडा तथा जुत्ताको मूल्य पनि १५ प्रतिशत बढिले बढेको तथ्यांक छ ।

उत्पादनशिल कार्यमा भन्दा अनुत्पादक क्षेत्रमा खर्च बढ्ने हुँदा आगामी वर्ष मूल्यबृद्धि दोहोरो अंकमा जाने तर्फ अर्थविद्हरुले पनि चिन्ता जताउँदै आएका छन् । सरकारले बजेटमा आगामी वर्ष मूल्य बृद्धि साढे ७ प्रतिशतमा नियन्त्रण गर्ने दाबी गरेको छ ।