
काठमाडौं, जेठ २७ । रुकुम, पीपल–४ जिपुका हुर्मत नाथ ३५ वर्षपछि २०५९ सालमा भारतबाट घर फर्के । बाबुबाट सम्पत्ति माग गरेपछि गाउँमा छलफल गरी उनका पाँच भाइहरुको नाममा रहेको जग्गा दिलाइयो । उनले उक्त जग्गा माओवादीको ‘जनसत्ता’ मार्फत पीपल–३ का लालबहादुर खत्रीलाई ७० हजार रुपैयाँमा बिक्री गरे । उक्त जग्गा लालबहादुरले पीपल–६ का धर्मुनाथलाई बिक्री गरे ।
हुर्मतले फेरि बाबुको सम्पत्ति नपाएको भनेर अदालतमा मुद्दा हाले । अदालतले ५ भाईका नाममा रहेको जग्गा नै काटेर हुर्मतलाई दिन भन्यो । त्यसपछि धर्मुलाई समस्या पर्यो । ‘जनसत्ता’मार्फत किनेको जग्गा बेच्नेले नै पाउने भएपछि उनी संकटमा परे ।
‘जनसत्ता’मार्फत जग्गा किनबेच गरेर दुःख पाउने धर्मु एक उदाहरण हुन् । एउटा जग्गा किनबेच हुँदै तेस्रो व्यक्तिसम्म पुगिसक्दा पनि पुरानो जग्गाधनीले दाबी गर्न थालेपछि यसले रुकुमका गाउँहरुमा विवाद बढाइरहेको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्