९ असार २०८२, सोमबार | Tue Jun 24 2025


ट्रक र बस ठोक्किएर आगो लाग्दा एकजनाको मृत्यु, २६ जना घाइते


0
Shares

सिरहा, जेठ २७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक ठोक्किएको हो ।

दुर्घटनामा नाम र पहिचान खुल्न नसकेकी एक महिलाको जलेर मृत्यु भएको र बाँकी घाइते यात्रुको उपचार गोलबजारको विभिन्न अस्पतालमा भइरहेको उनले जानकारी दिए ।

आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ । बससँगै यात्रुको समान समेत जलेर नष्ट भएको छ । अहिले मुसलाधारे पानी परिरहेकाले यात्रुको उपचारको व्यवस्थापन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । (रासस)