१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


जर्मन प्रविधिबाट कुखुरापालन


0
Shares

कपिलवस्तु, वैशाख २३ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ डकहियामा जर्मन प्रविधि ‘केज सिस्टम’बाट कुखुरापालन सुरु गरिएको छ ।

स्थानीय ४० वर्षीय युवराज अधिकारीले जर्मन प्रविधिबाट ५ हजार कुखुरापालन सुरु गरेका हुन् । कुखुरा बस्ने र दाना खुवाउने छुट्टाछुटै ठाउँ, पानीको सुविधा र फोहोर व्यवस्थापनको सहज व्यवस्थासहितको नयाँ सिस्टमबाट व्यवसाय सुरु गरिएको अधिकारीले बताए ।

परम्परागत तरिकाबाट लामो समयदेखि कुखुरापालन गर्दै आएका अधिकारीले यो प्रविधिले सहज भएको बताए । केही वर्षअघि वैदेशिक रोजगारीमा जाने तयारी गरेका अधिकारी त्यसमा सफल नभएपछि कुखुरापालनतर्फ लागेका हुन् ।

उनले कुखुरापालनमा ५० लाखभन्दा बढी लगानी गरेका छन् ।