Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच आज एकता घोषणा हुँदै


0
Shares

काठमाडौं, वैशाख २३ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा हुँदैछ ।

काठमाडौंमा आज एक औपचारिक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलो वरियतामा रहने छन् भने कार्यकारी अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग रहने छ ।

पार्टी एकीकरणपछि डा. भट्टराईले संघीय परिषद्को नेतृत्व गर्दा केन्द्रीय समिति र संसदीय दलको नेतृत्व यादवले गर्ने सहमति भएको छ । एकीकृत पार्टीमा फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना पदाधिकारी गरी २५ जना रहने छन् ।

अहिले संघीय संसद्मा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् । एकीकरणपछि बन्ने पार्टी १७ सांसदसहित संघीय संसद्को तेस्रो ठूलो दल बन्ने छ ।