२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


उपप्रधानमन्त्री थापा भारत जाँदै, सुष्मा स्वराजलगायतसँग भेटवार्ता


0
Shares

काठमाडौं, जेठ २७ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएका छन् ।

भ्रमणकाक्रममा परराष्ट्रमन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्चपदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्यालले राससलाई बताए ।

उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्कनेछन् । रासस

फाइल फोटो