१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


शेयर बजार दोहोरो अंकले ओरालो


0
Shares

काठमाडौं, वैशाख २२ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर १२७७ बिन्दुमा आई थामियो ।

यसदिन कारोबार भएका अधिकांश समूह ओरालो लागेसँगै नेप्से पनि ओर्लिएको हो । यसदिन कारोबार भएकामध्ये उत्पादनमुलक र अन्य समूह बाहेक अरु सबै समूह ओरालो लागेका हुन् । 

यसदिन जीवन बिमा समूह सबैभन्दा उच्च १२७ अंकले ओर्लियो ।

जलविद्युत समूहमा ५३ अंकको गिरावट आउँदा, लघुवित्त समूह २५ अंकले, जीवन बिमा समूह २४ अंकले झरेको हो । विकास बैंक, होटल र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७५ कम्पनीको २३ लाख १२ हजार कित्ता शेयर जम्मा ६५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।