
दमक, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गरेका छन् । उनले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएकोमा जोड दिए ।
झापाको दमक ६ स्थित दावगाछीमा दमक भ्यू टावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास योजना कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्ने बताए ।
दमक भ्यू टावर एक अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।
प्रधानमन्त्री ओलीले जनचाहना अनुरुपका विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।
प्रधानमन्त्री ओलीले शुक्रबार नै दमकबाट मधुमल्ला जोड्ने मावा खोला र इलामको चुलाचुली जोड्ने रतुवा खोलाको पुल पनि शिलान्यास गरे । ती दुईवटा पुल ४५ करोडभन्दा बढीको लागतमा बन्न लागेका हुन् ।
ती बाहेक प्रधानमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा निर्माण हुन लागेको फाल्गुनन्द सभागृहको पनि शिलान्यास गरे । ३५ करोडको लागतमा निर्माण हुने सभागृह पाँच वर्षमा बनिसक्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्