
काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीनजनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्