
भक्तपुर, जेठ २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस सरकार परिवर्तनको पक्षमा भएको बताएका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलाको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै उनले कांग्रेस सधैं प्रतिपक्षमा नबस्ने स्पस्ट गरे ।
उनले उग्रराष्ट्रवादले मुलुकमा विदेशी हस्तक्षेप बढेको र त्यसले नेपालको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बनाएको विचार व्यक्त गरे ।
उनले आम्दानीको तुलनामा निकै बढी खर्च गर्ने लक्ष्य राखेको बजेटको कार्यान्वयन पक्ष कमजोर भए मुलुक धरासायी बन्ने आशंका व्यक्त गरे ।
दुई दिनसम्म चल्ने भेलामा ७५ जिल्लाका करिब २०० स्वास्थ्यकर्मीको सहभागिता छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्