Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


जनक उमाविमा पुस्तकालय


0
Shares

मेथिनकोट (काभ्रे), जेठ २८ । जनक उमावि परोपकार प्राथमिक उपचार केन्द्रको सहयोगमा र्नििमत पुस्तकालयको शुक्रबार काभेको मेथिनकोटमा उद्घाटन गरियो ।

जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल र ‘बीबीसी’ नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले सो पुस्तकालयको उद्घाटन गरेका हुन् ।

सो विद्यालयमा पुस्तकालयका साथै विभिन्न भर्चुअल कक्षाकोठासमेत र्नििमत छन् ।

इजरायलमा रहेका नवराज आचार्य, समाजसेवी विपु लामालगायतको रु पाँच लाखभन्दा बढी सहयोगमा सो पुस्तकालय बनेको हो ।

शिक्षा अधिकारी पौडेलले सहयोगी हातका कारण जनक उमावि नमुना विद्यालय बन्न सकेको बताउँदै शिक्षकलाई कक्षाकोठामा पढाउने काममा केन्द्रित हुन आग्रह गरे ।

पत्रकार मिश्रले विद्यार्थीलाई ठूलोभन्दा पनि असल मान्छे बन्ने प्रयास गर्न आग्रह गराए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहालले विद्यालयमा सुधारका लागि अभिभावकले पनि सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक ज्ञानु अधिकारी, साहित्यकार छविरमण सिलवाल, पत्रकार सोमराज पोखरेललगायतले पुस्तकालयका लागि आफ्ना पुस्तकहरु विद्यालयका प्रअ स्थिरप्रसाद लम्साललाई हस्तान्तरण गरे । रासस