१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


धनगढी विमानस्थल एक महिनाका लागि बन्द


0
Shares

कैलाली, वैशाख २२ । कैलालीको धनगढी विमानस्थल एक महिनाका लागि बन्द गरिएको छ ।

धावनमार्ग अति जीर्ण भएकाले स्तरोन्नतिका लागि आजदेखि एक महिनासम्मका लागि विमानस्थल बन्द गरिएको हो ।

झण्डै २२ करोडको लागतमा विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तार गर्न लागिएकाले एक महिना बन्द गर्ने निर्णय गरेको विमानस्थलका प्रमुख तेजबहादुर थापाले बताए ।

त्रिभुवन विमानस्थलपछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थल विस्तारका लागि ठेक्का सम्झौता भएको छ । धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग छ ।