Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


एकै साता नेप्से ८३ अंकले उछालियो, पौन ७ अर्बको कारोबार


0
Shares

काठमाडौं, जेठ २९ । यो साता शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा उछाल आयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८३ दशमलव ५६ को उच्चअंकले बढेर अन्तिम दिन १५ सय ६६ अंकमा पुग्यो ।

यो साता होटल समूहमा १ सय ६ अंकको गिरावट आयो भने अरु सबै कारोबार समूहमा बृद्धि आयो ।

एकै सातामा बीमा समूह १२ सय ४६ बिन्दूले बढ्यो । यस्तै, विकास बैंक समूह ५९ अंकले, वाणिज्य बैंक र जलविद्युत् समूह समान ५६–५६ अंकले बढ्यो ।

गत साताको तुलनामा यो साता कारोबार परिमाणमा पनि बृद्धि आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीहरुको ६ अर्ब ८६ करोड रुपैयाँ बराबरका ९२ लाख ४५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ४८ कम्पनीहरुको ५ अर्ब ९५ करोड ५१ लाख रुपैयाँ बराबरका १ करोड ३ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा १५ प्रतिशतले बढी हो ।

यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो ।

कारोबार रकमकै आधारमा नेपाल बंगलादेश बैंकलाई सानीमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन बैंक इन्टरनेसनल र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।