१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


घाँटीमा लिचीको दाना अड्किएर नाबालकको मृत्यु


0
Shares

धनकुटा, जेठ ३० । घाँटीमा लिचीको दाना अड्किएर आज दिउँसो धनकुटामा एक नाबालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–३ गोठगाउँका जीवन लिम्बूको दुई वर्षीय छोरा सनमको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

छिमेकी बद्री मिश्रका अनुसार आफ्नै आमाले बोक्रा छुट्याएर खान दिएको लिची घाँटीमा अड्किएपछि उनलाई धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याइपु¥याउनुअगावै नाबालकको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका डाक्टर चुनु दर्नालका अनुसार नाबालकको घाँटीबाट गुदीसहितको लिचीको दाना निकालिएको छ । लिचीको दाना अड्किएर श्वासप्रश्वास नली बन्द भएपछि नाबालकले श्वास फेर्न नसकेर मृत्यु भएको डाक्टर दर्नालले बताए । रासस