१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


उखुबारीमा भारतीय नागरिकको शव फेला


0
Shares

कञ्चनपुर, जेठ ३१ । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा आज एक जना भारतीय नागरिकको शव फेला परेको छ ।

भारतको उत्तर प्रदेशको कमलापुरी कलौनी बस्ने ७५ वर्षीय रामविलासको शव प्रहरीले उखु बारीमा फेला पारेको हो ।

‘साइकलसहित उखु बारीमा शव फेला पारेका छौं,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले भने । शवको अनुसन्धानको कार्य भइरहेकाले मृत्युको कारणबारे अहिले नै भन्न नसकिने उनले बताए ।

भारतमा रहेका उनका आफन्तलाई खबर गरिएकाले आएपछि घटनाबारे थप जानकारी हुने उनको भनाइ छ । (रासस)