१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


द्वन्द्वका बेला विस्थापित घर्तीगाउँका कार्यालयहरु अझै पुनःस्थापना भएनन् (भिडियो रिपोर्ट)


0
Shares

पहलमान घर्ती (इमेज)
रोल्पा, जेठ ३१ । सशस्त्रद्वन्द्वका समयमा विस्थापित भएका रोल्पाको घर्तीगाउँका इलाका कार्यालयहरु हालसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् ।

इलाका कार्यालयहरु पुनःस्थापना नहुँदा सामान्य कामका लागिसमेत स्थानीयले सास्ती भोग्नुपरेको छ ।

१० वर्षे सशस्त्रद्वन्द्वको समयमा विस्थापित रोल्पाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत् घर्तीगाउँमा रहेका इलाका कार्यालयहरु हालसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् ।

जसको कारण स्थानीय सामान्य सरकारी कामकाजका लागि सदरमुकाम लिबाङ धाउन बाध्य छन् ।

२०५६ फागुन ६ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँ विस्थापित भएको थियो । पछि यहाँ रहेका सबै इलाका कार्यालयहरु पनि सुरक्षाको कारण देखाउँदै विस्थापित भएका थिए ।

तर, देशमा शान्तिप्रक्रिया सुरु भएको १० वर्ष पुग्न लाग्दासमेत इलाका प्रहरी कार्यालयबाहेक अन्य कार्यालय पुनःस्थापना भएका छैनन् ।

प्रशासन, मालपोत, नापी, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतका शाखा कार्यालयहरु अझैपनि पुनःस्थापना भएका छैनन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।