११ असार २०८२, बुधबार | Wed Jun 25 2025


पानीपुरी बनाउने पसलमा ग्यास चुहिएर आगलागी, ९ जना घाइते


0
Shares

काठमाडौं, जेठ ३२ । काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित कपिल डंगोलको जस्ताको टहरामा मंगलबार ग्यास चुहिएर आगलागी हुँदा ९ जना घाइते भएका छन् ।

डंगोलको जस्ताको टहरामा भारत मोतीहारी घर भएका ३० वर्षीय विरु पण्डितले सन्चालन गरेको पानीपुरी बनाउने पसलमा बिहान ९ बजे ग्यास चुहिएर आगलागी हुँदा सुरेन्द्र बलामी, विरु पण्डित, रोहित कुमार, लक्ष्मी साह, उमेश पण्डित, राकेश सिंह, अनमोल सिंहलगायत घाइते भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

घाइतेमध्ये एक नेपाली र अन्य भारतीय रहेका छन् ।

घाइतेलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । रासस