Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भवन शिलान्यास


0
Shares

काठमाडौं, वैशाख २१ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको भवन निर्माणको काम सुरु भएको छ ।

काठमाडौंस्थित धापानीमा प्रतिष्ठानको भवन निर्माण गर्न थालिएको हो ।

शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भवनको शिलान्यास गरे ।

चार आना जग्गामा निर्माण गर्न लागिएको प्रतिष्ठानको यो भवनको अनुमानित लागत डेढ करोड रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिए ।