काठमाडौं, असार १ । उपप्रधान एवं महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले ज्येष्ठ नागरिकहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु सबैको दायित्व भएको बताएका छन् ।
बुधबार काठमाडौंमा विश्व जेष्ठ नागरिक दुर्व्यवहारविरुद्धको दिवसको अवसरमा गरिएको कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई घर–परिवारदेखि राज्यसम्मले माया र सम्मान दिनुपर्ने बताए ।
पछिल्लो समयमा घर–परिवारबाटै उनीहरु अपहेलित भैरहेको भन्दै उनले सन्तानले कमाउने निश्चित रकम आमाबाबुका लागि खर्च गर्ने गरी कानुन बनाउन सकिए त्यो उनीहरुको हितमा हुने बताए ।
कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष गौरीशंकरलाल दासले पछिल्ला वर्षहरुमा ज्येष्ठ नागरिकहरुका लागि सरकारले केही गर्न खोजे पनि त्यो अझै पर्याप्त नभएको बताए ।





प्रतिक्रिया दिनुहोस्