
काठमाडौं, असार २ । यस बर्षको मनसुन आजदेखि सुरु भएको छ । सामान्यतः नेपालमा मनसुन १० जुनदेखि सुरु हुने भए पनि यो वर्ष केही ढिला गरी १६ जुनदेखि सुरु भएको हो ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार यो बर्ष नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको गरेको हो । साधारणतया जुनदेखि सेप्टेम्बरको चार महिनासम्मको समयलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ ।
यस समयमा नेपालमा बार्षिक बर्षाको करिब ८० प्रतिशत बर्षा हुने गर्छ । गत बर्षको मनसुनी बर्षा सो अवधिको सरदरको करिब ७६ प्रतिशत रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण एशियामा मनसुन बंगालको खाडी हुँदै उत्तरपश्चिमतिर अघि बढ्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्