
कावासोती, असार २ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहर–६ झरही खोला पुलमा गएराति बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ४९२२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ८६१३ नम्बरको ट्रक जुधेका थिए ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । घाइते सात जनाको चितवन मेडिकल कलेज भरतपुर र अन्य ३१ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण सो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । ठक्कर दिने ट्रक र त्यसका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने २४ वर्षीय राजेश चौधरी प्रहरी नियन्त्रणमा छन् ।
बस चालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्