
मुगु, असार २ । मुगुको पाटन लेकमा हतियारसहित यार्सा लुट्न आएका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यार्सा संकलन गर्ने स्थान कोइकीभन्दा उत्तरतर्फको पाटन क्षेत्रमा हतियारसहित प्रवेश गरेकाहरुले गोली चलाएको बताइएको छ ।
ठूलो कोइकीमा यार्सा संकलकको सुरक्षाका लागि सशस्त्र प्रहरीले बेस क्याम्प खडा गरेको भए पनि यार्सा लुट्ने व्यक्तिले उच्च पाटन क्षेत्रबाटै प्रवेश गरी गोली चलाएको प्रहरीले आशंका गरेको छ ।
पाटन क्षेत्रमा यार्सा संकलकको सुरक्षाका लागि ४६ जना सशस्त्र सहित जिल्लाबाट १ सय २६ जना सुरक्षाकर्मी खटाइएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरीको एक टोली घटनास्थलतर्फ लागेको छ । सञ्चारको कठिनाइले थप विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्