
काठमाडौं, असार ३ । नेपालको राष्ट्रिय सुरक्षाका मुख्य ६ खतरा र चुनौती रहेको राष्ट्रिय सुरक्षा नीति–२०७३ ले औंल्याएको छ ।
नीतिमा राजनीति, कानुन व्यवस्था सम्बद्ध, सामाजिक–आर्थिक, विपत् र प्राकृतिक स्रोतको क्षति सम्बद्ध, अतिवादका कारण उत्पन्न हुने तथा बाह्य खतरा र चुनौती रहेको उल्लेख छ ।
सरकारले लोकतन्त्र पुनर्स्थापना भएको झण्डै २५ वर्षपछि वैशाखमा राष्ट्रिय सुरक्षा नीति ल्याएको हो । राष्ट्रिय सुरक्षा परिषदबाट वैशाख २० मा पारित उक्त नीति वैशाख ३० को मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो ।
सुरक्षा नीतिले औंल्याएका ६ खतरा निम्न छन्
१ खुला अन्तर्राष्ट्रिय सीमाना
२ सीमा अतिक्रमण
३ इन्धन र उर्जा संकट
४ क्षेत्रीय सुरक्षा र वातावरण प्रतिश्पर्धा, अन्तर्राष्ट्रिय सुरक्षा वातावरण
५ राजनीतिक अस्थिरता
६ बाह्य हस्तक्षेप
–कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्