
काठमाडौं, असार ३ । राजधानीको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा शुक्रबार चौथो राष्ट्रिय अपांगता प्रतियोगिताको आयोजना गरियो ।
प्रतियोगितामा दृष्टिविहीन महिला र पुरुषका साथै स्पाइनल इन्जुरी भएका महिलाहरुको सहभागिता रहेको थियो ।
२५ मिटर दुरीको पौडी प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रपति विद्या भण्डारीले पदक वितरण गरेकी थिइन् ।
यसैगरी, वाटरपोलो खेलको पनि आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्