Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


इपीएस भाषा परीक्षाः राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल आवश्यक


0
Shares

काठमाडौं, असार ४ । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौं इपीएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ ।

इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिए ।

परीक्षा शनिबार र आइतबार दुई दिन बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि सन्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णांकको हुने सो परीक्षा ७० मिनेटको हुनेछ ।

यो वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।

यो वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् ।

काठमाडौं उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।

परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिइ आउनुपर्ने व्यवस्था योपटक गरिएको छ ।

सक्कल कागजातबिना परीक्षामा समावेश नगराइने निर्देशक बास्तोलाले बताए ।

आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भइ उत्तीर्ण भएकाहरु सन् २०१७ देखि कोरिया जान पाउने छन् ।

हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत् कोरिया गएका छन् । रासस
फाइल फोटो