
काठमाडौं, वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना–प्रविधिलाई देशव्यापीरुपमा विस्तार गर्दै लैजाने बताएका छन् ।
राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको विकासबिना समृद्धिको यात्रा पूरा नहुने भएकाले यसको चौतर्फी विकास गर्ने लक्ष्य सरकारले राखेको बताए ।
कृषि, स्वास्थ्य, शिक्षा, वित्त, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सूचना–प्रविधिको पहुँच पुर्याउने सरकारी लक्ष्य रहेको उनको भनाइ थियो ।
सरकारले नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा डिजिटल बैंकिङ कारोबार कम्पनी पनि खोल्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्