
काठमाडौं, असार ६ । मधेसकेन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै सोमबार पनि व्यवस्थापिका–संसदको बैठक बहिस्कार गरका छन् ।
सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचारमात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए ।
सांसद कर्णले सभामुखमार्फत् संविधान संशोधनसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न ठूला पार्टी एक ठाउँमा बसेर संविधान संशोधन गर्न तयार हुनुपर्ने र आन्दोलनरत् दललाई सहमति ल्याएर समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताउँदै मधेसकेन्द्रित दलहरुले बैठक बहिस्कार गरेको जानकारी गराए ।
यथावस्थामा संविधान कार्यान्वयन गर्न नदिने बताउँदै उनले मधेस आन्दोलनमा पाँचदर्जनको मृत्यु भएपनि सरकार माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्