
काठमाडौं, असार ६ । नेपालमा मानव बेचबिखनको अवस्थामा सुधार आउन नसकेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।
सोमबार राजधानीमा कैदमा रहेका मानव बेचबिखन मुद्दामा परेका दलालहरुबारे एक प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालाहरुले मानव बेचविखनमा संलग्नहरुलाई हदैसम्मको सजायको माग गरे ।
उनीहरुले दलाललाई उन्मुक्ति दिने गरिएको भन्दै बनेका कानुन नै पनि कार्यान्वयन नगरिएकामा आपत्ति जनाए ।
कानुनविद् टेकनारायण कुँवरले पछिल्लो समयमा नेपाल मानव बेचविखन, ओसारपसार गरिने स्रोत, मार्गस्थल र गन्तव्य मुलुककारुपमा प्रयोग हुँदै आएको भन्दै यसको निराकरण जरुरी रहेको बताए ।
उनले दोषीले छुटकारा नपाओस् भन्नेमा सजगता अपनाउन पनि सुझाव दिए ।
प्रतिवेदन विदेशी अनुसन्धानकर्ता जोनथन हुन्डोले तयार पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस्