Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


‘नक्कली’ आरोपमा वरिष्ठ संगीत प्रबन्धक शर्माविरुद्ध मुद्दा


0
Shares

काठमाडौं, असार ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका वरिष्ठ संगीत प्रबन्धक सुदेशराज शर्माले नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार वरिष्ठ संगीत प्रबन्धक शर्माले सुरुको नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल भारतबाट सन् १९८७ मा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने वरिष्ठ संगीत प्रबन्धक शर्माविरुद्ध हदैसम्मको कारबाहीको माग गरिएको छ । रासस