२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


दाहालले दिए फेरि आन्दोलनमा जाने चेतावनी


0
Shares

काठमाडौं, असार ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टीका विषयमा लागेको ‘दाग पखाल्न’ आफूहरु नयाँ शिराबाट अघि बढेको बताएका छन् ।

सोमबार काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले पछिल्लो समयमा आफ्नो पार्टीका विषयमा भइरहेका नराकात्मक टीका–टिप्पणीलाई चिर्न माओवादी लागिपरेको उनको भनाइ थियो ।

आफूहरु चारैतिरबाट घेराबन्दीमा परेको भन्दै उनले अप्ठेरो अवस्थालाई सुरक्षित अवतरण गर्दा केही कमी–कमजोरी भएको भए त्यसलाई सामान्यरुपमा लिन आग्रह गरे ।

विगतमा भएको युद्धलाई अवमूल्यन गरिए आफूहरु फेरि आन्दोलनमा जाने चेतावनी पनि उनले दिए ।