Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


कारवाही छल्न ग्यास रोक्ने धम्की


0
Shares

काठमाडौं, असार ७ । ग्यास उद्योगीले सरकारी कारवाहीबाट बच्न भारतबाट ग्यास नल्याउने धम्की दिएका छन् ।

सरकारले एचपी ग्यास कम्पनीको ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेर कानुनी कारवाही अघि बढाएपछि ‘गैर व्यवसायी चरित्र’ देखाउँदै नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारबाट ग्यासको पिडिओ नलिने घोषणा गरेको हो ।

ललितपुरमा ग्यास विस्फोटमा तीनजनाको मृत्यु भएपछि सरकारले उक्त कम्पनीको पिडिओ रोक्ने निर्णय गरेको हो । त्यसविरुद्ध व्यवसायीले पाँच दिन अघि नै निर्णय सच्याउन अल्टिमेटम दिएका थिए । त्यसलगत्तै सुगम ग्यासमा आगलागी भएर घाइते भएका एकजनाको पनि मृत्यु भएको थियो ।

यी दुईवटा घटनाबाट चोखिन ५५ ग्यास उद्योगले नेपाल आयल निगमबाट पिडिओ नलिई ग्यास आयात रोके त्यसको प्रत्यक्ष असर आधा करोडभन्दा बढी उपभोक्ताको भान्सामै पर्नेछ । –नागरिक दैनिकबाट